एस्‍तर 2:15-16

एस्‍तर 2:15-16 NNRV

जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्‍तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्‍त्रीहरूको जिम्‍मावाल राजाको नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही लगिनन्‌। तिनलाई देख्‍ने सबैलाई एस्‍तरले मोहित गराइन्‌। अहासूरसका राज्‍यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात्‌ तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्‌।