एफिसी 6:1-10

एफिसी 6:1-10 NNRV

छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो। आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो), कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ। बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ। कमारा हो, डर र कम्‍पसाथ साँचो हृदयले ख्रीष्‍टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर। मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर। मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर, यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ। मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन। अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।