एफिसी 5:5-9

एफिसी 5:5-9 NNRV

किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन। कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ। यसकारण तिनीहरूसँग सहभागी नहोओ, किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ