एफिसी 5:31-33

एफिसी 5:31-33 NNRV

“यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।” यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु। जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।