एफिसी 5:15-18

एफिसी 5:15-18 NNRV

यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ। दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।