एफिसी 4:9-14

एफिसी 4:9-14 NNRV

(अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।) अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्, जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।