यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।” (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।) अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
एफिसी 4 पढ्नुहोस्
सुन्नुहोस् एफिसी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 4:8-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू