यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी— तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ। जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ। जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ। जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्। उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्वरको त्यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ। सबै सन्तहरूमा म अत्यन्त तुच्छ भए तापनि ख्रीष्टको अगम्य सम्पत्तिको सुसमाचार अन्यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो। सबै कुरा सृजनुहुने परमेश्वरमा युग-युगदेखि लुप्त रहेका रहस्यको योजना के हो, सो सबै मानिसलाई खुलस्त गराउने अनुग्रह मलाई दिइयो, ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस्। योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो। उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौं।
एफिसी 3 पढ्नुहोस्
सुन्नुहोस् एफिसी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 3:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू