एफिसी 1:6-10

एफिसी 1:6-10 NNRV

यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो। किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌।