परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई: हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आऊन्। उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्रायअनुसार हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ। तिमीहरू, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ।
एफिसी 1 पढ्नुहोस्
सुन्नुहोस् एफिसी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 1:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू