उपदेशक 9:7-10

उपदेशक 9:7-10 NNRV

आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ। सधैँ सेतो वस्‍त्र पहिराऊ, र कपालमा तेल लगाऊ। परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ। तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।