उपदेशक 7:15-18

उपदेशक 7:15-18 NNRV

धर्मी मानिस आफ्‍नो धार्मिकतामा नष्‍ट भएको र दुष्‍ट मानिसचाहिँ आफ्‍नो दुष्‍टतामा धेरै वर्षसम्‍म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु। धेरै धर्मात्‍मा नहोऊ, र धेरै बुद्धिमान्‌ पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने? ज्‍यादै दुष्‍ट र ज्‍यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने। एउटालाई समातिराख्‍नु र अर्कोलाई नछोड्‌नु दुवै असल हुन्‌। जसले परमेश्‍वरको भय राख्‍छ त्‍यो मानिस सबैदेखि अलग्‍गै बस्‍छ।