उपदेशक 5:18-20

उपदेशक 5:18-20 NNRV

तब मैले यो थाहा गरें कि परमेश्‍वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्‍नो घोर परिश्रममा सन्‍तुष्‍टि खोज्‍नु नै मानिसको निम्‍ति असल र ठीक रहेछ, किनकि यो नै त्‍यसको भाग हो। यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति र जग्‍गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्‍छ, र त्‍यसलाई आफ्‍नो भाग ग्रहण गर्न र आफ्‍नो काममा खुशी रहन दिनुहुन्‍छ— यो परमेश्‍वरको वरदान हो। त्‍यसले आफ्‍नो जीवनका दिनहरूको थोरै स्‍मरण गर्नेछ, किनभने परमेश्‍वरले त्‍यसलाई आफ्‍नो हृदयको आनन्‍दमा व्‍यस्‍त राख्‍नुहुनेछ।