जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो। जब धन-सम्पत्ति बढ्छ, तब खाने मुख पनि धेरै बढ्छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्पत्तिको अरू के लाभ हुन्छ र? परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन। मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्नै नोक्सानीको निम्ति धन-सम्पत्ति थुपारेको, अथवा कुनै दुर्भाग्यले त्यसले आफ्नो धन-सम्पत्ति गुमाएको थियो, र जब त्यसको छोरा भयो उसको निम्ति केही रहेन।
उपदेशक 5 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 5:10-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू