उपदेशक 4:1-4

उपदेशक 4:1-4 NNRV

फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्‍याचार देखें। अत्‍याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्‍त्‍वना दिने कोही छैन। अत्‍याचारीहरूका पक्षमा शक्ति थियो, र अत्‍याचारमा परेकाहरूलाई सान्‍त्‍वना दिने कोही थिएन। यसैले मैले प्रष्‍टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्‍दा खुशी छन्‌। तर ती दुवैभन्‍दा पनि अझ सुखीचाहिँ त्‍यो व्‍यक्ति हो, जो अहिलेसम्‍म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्‍ट काम देखेकै छैन। अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्‍धिहरूचाहिँ मानिसले आफ्‍नै छिमेकीलाई ईर्ष्‍या गरेको कारणबाट मात्र हुँदारहेछन्‌। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।