उपदेशक 4:1-4 - Compare All Versions
उपदेशक 4:1-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्याचार देखें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन। अत्याचारीहरूका पक्षमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन। यसैले मैले प्रष्टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्दा खुशी छन्। तर ती दुवैभन्दा पनि अझ सुखीचाहिँ त्यो व्यक्ति हो, जो अहिलेसम्म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्ट काम देखेकै छैन। अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्धिहरूचाहिँ मानिसले आफ्नै छिमेकीलाई ईर्ष्या गरेको कारणबाट मात्र हुँदारहेछन्। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।
उपदेशक 4:1-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
फेरि मैले संसारमा भइरहेका अन्यायलाई हेरें। अत्याचारमा परेकाहरू रोइरहेका थिए तर कसैले तिनीहरूलाई मद्दत गरेनन्। कसैले तिनीहरूको पक्ष लिएन किनभने अत्याचारीहरूका पक्षमा शक्ति थियो। म यो पक्का गरेर भन्दछु कि मरिसकेकाहरू जीवित रहनेहरूभन्दा सुखी छन्। तर ती सबै थरीभन्दा अझ सुखी कहिल्यै नजन्मनेहरू हुन्, जसले यस संसारका दुष्ट्याइँ कहिल्यै देख्दैनन्। मानिसहरू सफलता प्राप्त गर्न किन अति परिश्रम गर्छन्, त्यो पनि मैले जानेको छु। आफ्ना छिमेकीहरूसित ईख भएकाले तिनीहरू त्यसो गर्छन्। त्यो व्यर्थ छ। त्यो हावालाई खेदेझैँ हो।
उपदेशक 4:1-4 NERV (पवित्र बाइबल)
मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुःखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन। म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्। अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्। मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
उपदेशक 4:1-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन। अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्। तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्ट काम देखेकै छैन। अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।