उपदेशक 3:11-13

उपदेशक 3:11-13 NNRV

उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌। म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन। परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌।