उपदेशक 2:20-23

उपदेशक 2:20-23 NNRV

तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ। किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्‍यसले प्राप्‍त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्‍यसको निम्‍ति काम गरेकै छैन। यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो। सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? त्‍यसका सबै दिनका काम पीर र दु:ख हुन्‌। राती पनि त्‍यसको मनले विश्राम पाउँदैन। त्‍यो पनि व्‍यर्थै हो।