सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू काम्दछन् र बलिया मानिसहरू झुक्छन्, जब जाँतो पिँध्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्छन् र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्, जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्, जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ, र फटेङ्ग्रो पेटले घस्रँदैहिँड्छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्तको घरमा जानेछ, र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।
उपदेशक 12 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 12:2-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू