उपदेशक 10:8-11

उपदेशक 10:8-11 NNRV

खाड़ल खन्‍ने मानिस आफै त्‍यसमा जाकिन सक्‍छ, र पर्खाल भत्‍काउने मानिसलाई साँपले डस्‍न सक्‍छ। ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्‍न सक्‍छ, अनि दाउरा काट्‌ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्‍छ। बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ। लट्ठ्याउन अघि नै साँपले डस्‍यो भने सपेरालाई केही फाइदा हुँदैन।