उपदेशक 1:14-18

उपदेशक 1:14-18 NNRV

सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र। जे बाङ्गो छ, त्‍यसलाई सोझ्‍याउन सकिँदैन। जे छँदैछैन, त्‍यसको गन्‍ती हुँदैन। मैले आफ्‍नो मनमा विचार गरें, “हेर त, मभन्‍दा अघि यरूशलेममा राज्‍य गर्ने कुनै व्‍यक्तिभन्‍दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।” तब बुद्धि बुझ्‍न र पागलपन र मूर्खता जान्‍नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्‍तो मात्र रहेछ भन्‍ने मैले थाहा पाएँ। किनकि धेरै बुद्धिले धेरै दु:ख ल्‍याउँछ, धेरै ज्ञानले धेरै पीर।