म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें। आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ! सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र। जे बाङ्गो छ, त्यसलाई सोझ्याउन सकिँदैन। जे छँदैछैन, त्यसको गन्ती हुँदैन। मैले आफ्नो मनमा विचार गरें, “हेर त, मभन्दा अघि यरूशलेममा राज्य गर्ने कुनै व्यक्तिभन्दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।” तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ। किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर।
उपदेशक 1 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 1:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू