परमप्रभुले तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिसक्नुभएपछि तिमीहरूले आफ्नो मनमा यसो नभन्नू, “हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्याउनुभएको हो।” बरु यी जातिहरूको दुष्टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुन्छ। तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्नुहुनेछ। यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ।
व्यवस्था 9 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 9:4-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू