हे इस्राएली हो, सुन, तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ। त्यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्दछौ। उनीहरू बलिया र अल्गा-अल्गा छन्। “अनाकीहरूका सामु को खड़ा हुन सक्छ?” भन्ने उक्ति तिमीहरूले सुनेका छौ। तर आज यो कुरा निश्चय नै जानी राख, कि भस्म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै हुनुहुन्छ। उहाँले उनीहरूलाई नष्ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्ट पार्नेछौ।
व्यवस्था 9 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 9:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू