व्यवस्था 8:2-6

व्यवस्था 8:2-6 NNRV

तिमीहरूलाई दीन तुल्‍याउन, जाँच गर्न र उहाँका आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको उजाड़-स्‍थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर। उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। ती चालीस वर्षसम्‍म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌। तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ। परमप्रभु तिमीहरूका परमेश्‍वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर।