तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड़-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो, सो स्मरण गर। उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।
व्यवस्था 8 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 8:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू