व्यवस्था 8:1-3

व्यवस्था 8:1-3 NNRV

मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। तिमीहरूलाई दीन तुल्‍याउन, जाँच गर्न र उहाँका आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको उजाड़-स्‍थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर। उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।