व्यवस्था 7:7-9

व्यवस्था 7:7-9 NNRV

तिमीहरू संख्‍यामा अरू जातिहरूभन्‍दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्‍नुभएको होइन, किनकि तिमीहरू त संख्‍यामा सबै जातिहरूभन्‍दा कम थियौ। तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो। यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ।