तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष् दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्न, नयाँ दाखमद्य, तेल— गाईबस्तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष् दिनुहुनेछ। तिमीहरू अरू मानिसहरूभन्दा ज्यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्त्रीहरूमध्ये कोही पनि निस्सन्तान हुनेछैन न त पशुहरूमध्ये कुनै पनि बैला हुनेछ। अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्वतन्त्र राख्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्नेहरूमाथि ती ल्याउनुहुनेछ।
व्यवस्था 7 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 7:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू