जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा, जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्— जब तिमीहरूले खाएर अघाउनेछौ, तब होशियार गर, र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नू। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू। तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नू, किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ।
व्यवस्था 6 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 6:10-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू