तिमीहरू मसित बोलेका परमप्रभुले सुन्नुभयो, र उहाँले मलाई भन्नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्। मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्। “‘तिमीहरू आ-आफ्नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्। तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्।” यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।
व्यवस्था 5 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 5:28-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू