तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले खोज्यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। पछिल्ला दिनहरूमा जब तिमीहरू सङ्कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्नुभएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।
व्यवस्था 4 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 4:29-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू