त्यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्ले। परमप्रभुले तिनलाई समस्त देश देखाउनुभयो— गिलाददेखि दानसम्म, समस्त नप्ताली, एफ्राइम र मनश्शेको देश, पश्चिमको समुद्रसम्मको यहूदाको समस्त देश, नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्म। तब परमप्रभुले तिनलाई भन्नुभयो, “‘तेरा भावी सन्तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्यहाँ जान पाउनेछैनस्।” तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। मोआब देशमा बेथ-पोरको सामुन्ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्नुभयो। तर आजसम्म कसैलाई तिनको चिहान थाहा छैन।
व्यवस्था 34 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 34:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू