व्यवस्था 30:9-10

व्यवस्था 30:9-10 NNRV

तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्‍यौ भने र आफ्‍नो पूरा हृदयले र आफ्‍नो पूरा प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरतिर तिमीहरू फर्क्‍यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्‍न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।