आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढ़ो छैन। “हाम्रा निम्ति स्वर्गमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो स्वर्गमा छैन। “कसले सागर पारि गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।
व्यवस्था 30 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 30:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू