तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्: तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्तीमा श्राप पर्नेछ। तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा श्राप पर्नेछ। तिमीहरूका सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
व्यवस्था 28 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 28:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू