व्यवस्था 25:17-19

व्यवस्था 25:17-19 NNRV

मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्‍यवहार नभुल। तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्‍वरको डर मानेनन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्‍वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्‍यै नभुल्‍नू।