तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्दा असंख्य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्नुपर्छ, “हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्ने भयभीत नहोओ। किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्ति लड़ेर तिमीहरूलाई विजयी तुल्याउन साथसाथै जानुहुन्छ।”
व्यवस्था 20 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 20:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू