व्यवस्था 18:9-13

व्यवस्था 18:9-13 NNRV

परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू। आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने तिमीहरू निर्दोष हुनुपर्छ।