व्यवस्था 12:8-10

व्यवस्था 12:8-10 NNRV

आज हामी प्रत्‍येकले आफ्‍नो दृष्‍टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू, किनकि जुन विश्रामस्‍थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको छ, त्‍यहाँ तिमीहरू अझ आइपुगेका छैनौ। तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर त्‍यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ।