परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँलाई समातिराख्न भनी मैले तिमीहरूलाई मान्नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्थानदेखि लेबनानसम्म, र महानदी यूफ्रेटिसदेखि पश्चिमको समुद्रसम्मै तिमीहरूको सिमाना हुनेछ। तिमीहरूका सामु कोही पनि टिक्न सक्नेछैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।
व्यवस्था 11 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 11:22-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू