व्यवस्था 11:19-21

व्यवस्था 11:19-21 NNRV

आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।