तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए। यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्यो सिंहको खोरमा फ्याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्दैन, त्यो आदेश स्थायी छ।” तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्ता गर्दैनन्। उनी अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्दछन्।” जब राजाले यो कुरा सुने, उनी अत्यन्त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्तसम्मै हरप्रयास गरे।
दानिएल 6 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:11-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू