दानिएल 5:22-28

दानिएल 5:22-28 NNRV

“तर उनका छोरा, हजूर बेलसजरले यी सबै कुरा जान्‍दाजान्‍दै पनि आफूलाई नम्र बनाउनुभएन। बरु स्‍वर्गका परमप्रभुको विरुद्धमा आफैलाई खड़ा गर्नुभएको छ। हजूरले उहाँको मन्‍दिरबाट भाँड़ाहरू हजूरकहाँ ल्‍याउन लगाउनुभयो, र हजूर र हजूरका भारदारहरू, हजूरका श्रीमतीहरू र रखौटीहरूले तीबाट दाखमद्य पिउनुभयो। हजूरले चाँदी र सुनका, काँसाका, फलामका, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जो न देख्‍छन्‌ न सुन्‍छन्‌ न बुझ्‍छन्‌। तर हजूरले यी परमेश्‍वरको आदर गर्नुभएन, जसको हातमा हजूरको जीवन र हजूरका मार्गहरू छन्‌। यसैकारण उहाँले यो लेखोट लेख्‍ने हात पठाउनुभयो। “लेखिएको लेखोट यस्‍तो छ: मेने, मेने, टेकेल, पर्सिन “यी शब्‍दहरूको अर्थ यही हो: मेने: परमेश्‍वरले हजूरका राज्‍यका दिन गन्‍ती गर्नुभएको छ, र त्‍यसको अन्‍त गर्नुभएको छ। टेकेल: हजूर तराजूमा जोखिनुभएको छ, र हल्‍का भेट्टाइनुभएको छ। पेरेस: हजूरको राज्‍य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।”