“ओछ्यानमा पल्टिरहेको बेला मैले दर्शनमा मेरो अगि स्वर्गबाट एक समाचारवाहक, एक पवित्र जन तल आइरहेका देखेँ। उनले चर्को स्वरमा कराएर भने, “त्यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्यसका पातहरू झारिदे र त्यसका फलहरू छरपष्ट पारिदे। पशुहरू त्यसको छहारीबाट र चराहरू त्यसका हाँगाबाट भागून्। तर फलाम र काँसाले बाँधिएको त्यसका ठुटो र जराहरू जमिनमा, खेतको घाँसमा नै रहोस्। “आकाशको शीतले त्यसलाई भिजाओस्, र त्यो पशुहरूसँग पृथ्वीका बोट-बिरुवाहरूका बीचमा रहोस्। त्यसको मन मानिसकोबाट बद्लिएर त्यसलाई पशुको मन दिइओस्, जबसम्म त्यसको लागि सात काल बित्नेछैनन्। “समाचार वाहकहरूद्वारा निर्णय सुनाइएको छ, पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन्, ताकि जीवित प्राणीहरूले जानून् कि मानिसहरूका राज्यमाथि सर्वाधिकार सर्वोच्चकै छ, र उहाँले इच्छा गर्नुभएकाहरूलाई ती राज्यहरू दिनुहुन्छ र मानिसहरूमा सबभन्दा नम्रलाई ती राज्यमाथि खड़ा गर्नुहुन्छ।”
दानिएल 4 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 4:13-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू