दानिएल 4:1-4

दानिएल 4:1-4 NNRV

सारा पृथ्‍वीमा रहने विभिन्‍न भाषा बोल्‍ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेसरबाट: तिमीहरूलाई ठूलो संवृद्धि मिलोस्‌! सर्वोच्‍च परमेश्‍वरले मेरो निम्‍ति गरिदिनुभएका आश्‍चर्यकर्मका चिन्‍हहरू र अचम्‍मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुशी छु। उहाँका चिन्‍हहरू कति महान्‌ छन्, उहाँका अचम्‍मका कामहरू कति शक्तिशाली छन्‌! उहाँको राज्‍य अनन्‍तको राज्‍य हो, उहाँको प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहन्‍छ। म नबूकदनेसर, सन्‍तुष्‍टि र संवृद्धिसाथ आफ्‍नो दरबारमा बसिरहेको थिएँ।