दानिएल 3:21-23

दानिएल 3:21-23 NNRV

तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए। राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्‍वालाले शद्रक, मेशक र अबेद्‌नगोलाई लैजाने सिपाहीहरूलाई भस्‍म पार्‍यो, अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे।