दानिएल 3:19-20

दानिएल 3:19-20 NNRV

तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे, र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे।