दानिएल 11:29-35

दानिएल 11:29-35 NNRV

“तोकिएको समयमा त्‍यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्‍टको परिणाम पहिलाको भन्‍दा फरक हुनेछ। पश्‍चिमी किनारका देशहरूबाट त्‍यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्‍यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्‍यसले आफ्‍नो रीस पोख्‍नेछ। त्‍यो फर्कनेछ र त्‍यसले पवित्र करार त्‍याग्‍नेहरूलाई कृपा देखाउनेछ। “त्‍यसको सशस्‍त्र सेना मन्‍दिरको किल्‍लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्‍नेछ। त्‍यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्‍थापना गर्नेछन्‌। करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌। “जो बुद्धिमान्‌ छन्, तिनीहरूले धेरै मानिहरूलाई शिक्षा दिनेछन्, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्‍नेछन्‌ वा आगोले जलाइनेछन्‌ वा कैदमा पर्नेछन्‌ वा लुटिनेछन्‌। जब तिनीहरू यसमा लड्‌नेछन्, तिनीहरूले थोरै सहायता पाउनेछन्, र जो ईमानदार छैनन्, उनीहरू सामेल हुनेछन्‌। बुद्धिमान्‌हरूमध्‍ये केहीले ठेस खानेछन्, यसरी तिनीहरू अन्‍तको दिनसम्‍मको लागि खारिऊन्, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्, किनभने त्‍यो दिन तोकिएको समयमा आउनेछ।