दानिएल 1:18-21

दानिएल 1:18-21 NNRV

राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्‍याए। राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्‌। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए। राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्‍न सोध्‍थे, अधिराज्‍यभरका जादूगरी र मन्‍त्रतन्‍त्र गर्नेहरूभन्‍दा तिनीहरूलाई दश गुणा असल भेट्टाए। अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्‍म दानिएल त्‍यहाँ रहे।